अन्तरराष्ट्रिय सैनिक खेल २०२२ शुरु

RSS २०७९-०४-३१ ०७:३०:०० बजे

काठमाण्डौ।अन्तरराष्ट्रिय आर्मी गेम्स २०२२ रुसमा शुरु भएको छ। खेलको उद्घाटन समारोह सोमबार यहाँको प्याट्रियट मिलिटरी-पेट्रियोटिक पार्कमा आयोजना गरिएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी रक्षामन्त्री सर्गेई शोइगुसँगै उद्घाटन समारोहमा सहभागी भएर मन्तव्य  दिनुभएको  थियो ।

अगस्ट १३ देखि २७ सम्म हुने अन्तरराष्ट्रिय आर्मी गेम्स २०२२ मा चीन, रुस र इरान लगायत १२ देशको सहभागिता रहेको थियो । खेलमा ३७ देश र  त्यस क्षेत्रका २७० भन्दा बढी टोलीले प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

 रुसी रक्षा मन्त्रालयले शुरु गरेको अन्तरराष्ट्रिय आर्मी खेलहरूले सेनाहरूलाई अनुभव आदानप्रदान गर्न र सहयोग सुदृढ गर्न अन्तरराष्ट्रिय मञ्चको रूपमा काम गरेको  बताइएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।