सबैभन्दा बढी खाद्यान्न मूल्य मुद्रास्फीति भएका १० देशमध्ये श्रीलङ्का पाचौँ स्थानमा

RSS २०७९-०५-०७ ११:४०:०० बजे

काठमाण्डौ। विश्व बैंकको पछिल्लो तथ्याङ्कअनुसार विश्वमा सबैभन्दा बढी खाद्यान्न मूल्य मुद्रास्फीति भएका १० देशमध्ये श्रीलङ्का पाँचौं स्थानमा परेको छ।

आफ्नो खाद्य सुरक्षा  अनुगमन अद्यावधिक प्रतिवेदनमा  विश्व बैंकले युक्रेनमा युद्ध शुरु भएदेखि नै खाद्यान्न  र कृषि मलहरूको मूल्य वृद्धिसँगै यसको  खाद्य सुरक्षाको सहजतामा कठिनाइ थपिएको छ ।

कोरोना महामारीको शुरुमा सम्भावित खाद्यान्न अभावको सामना गर्दा देशहरूले घरेलु आवश्यकताहरूलाई परिपूर्ति गर्न  सक्रिय व्यापार नीति प्रयोग गरेका थिए जसले विश्वव्यापारमा उतारचढाव  ल्याएको छ।  

गत जुलाईसम्म श्रीलङ्काले घरेलु खाद्यान्न आपूर्तिमा चरम अभावको अनुभव गरिरहेको छ। विदेशी मुद्रा सञ्चिति अभावले देशले ठूलो व्यापार घाटा व्यहोरेको छ । खाद्यान्न आयात गर्न  अहिले पनि विदेशी मुद्राको चरम अभाव छ।

पाकिस्तानलगायत दक्षिण एसियाली देशहरूमा खाद्यान्नको मूल्य मुद्रास्फीति उच्च रहँदा यस्तो भएको हो।  भरखरै युक्रेनी अन्न ढुवानी चलिरहेको छ तर खाद्य सुरक्षामा चुनौतीह यथावत् छ।

विश्व बैंकको मूल्याङ्कनअनुसार विगत दुई साताको अवधिमा विश्वव्यापी रूपमा कृषि, अनाज र निर्यात मूल्य सूचकाङ्कहरू स्थिर रहेकाले कृषि तथा अनाजको मूल्य सूचकाङ्क दुई साता अघिको तुलनामा एक प्रतिशतले बढेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।