काठमाण्डौ।सुनचाँदी बजारमा साताको छैठौं कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९५ हजार ८०० तोकिएको छ । अघिल्लो दिन पनि प्रतितोला रु. ९५ हजार ७०० मा कारोबार भएको पहेंलो धातु आज हिजोकै मूल्यमा कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९५ हजार ३०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन पनि प्रतितोला रु. ९५ हजार ३०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यमै रु.एक हजार १७५ कामय भएको महासङ्घले जनाएको छ ।