‘पढ्नका लागि अष्ट्रेलिया जाने विद्यार्थीलाई समस्या छैन’

RSS २०७९-०५-१० १३:४७:०० बजे

काठमाण्डौ।अध्ययन भिसामा गएर अन्य काम नगरी अध्ययनमै संलग्न भएमा उच्चशिक्षाका लागि अष्ट्रेलिया जाने नेपाली विद्यार्थीको भविष्य सार्थक हुने बताइएको छ । अष्ट्रेलिया सरकारले अध्ययन भिसामा आउने विदेशी विद्यार्थीलाई अन्य काममा संलग्न हुने सम्बन्धमा कडाइ गरेसँगै अब त्यहाँ पढ्न जाँदा भिसा नलाग्ने हो कि भन्ने चासो बढेका बेला विगत १५ वर्षदेखि शैक्षिक परामर्शका क्षेत्रमा आबद्ध ग्रेस इन्टरनेसनलले त्यस्तो चिन्ताजनक अवस्था नरहेको स्पष्ट गरेको छ । विदेशमा पढ्न जानेमध्ये नेपालीको पहिलो रोजाइ अष्ट्रेलिया हुँदै आएको छ । 

सो संस्थाका दक्षिण एसिया निर्देशक एन्ड्रियु पौडेलले वास्तविकरूपमा अध्ययन गर्न जाने विद्यार्थीका लागि तोकिएका कागज बुझाएमा भिसा पाउनमा कुनै समस्या नहुने बताउनुभयो । पौडेलले आज आयोजित पत्रकार भेटघाटमा वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई अष्ट्रेलिया सरकारले दिने १५० भन्दाबढी विभिन्न शीर्षकका छात्रावृत्तिको अवस्था र त्यहाँका २५ वटाभन्दा बढी विश्वविद्यालय तथा शैक्षिक संस्थाको भेला गराई ती संस्थासँग प्रत्यक्ष सम्पर्क र परामर्श गराउन यही २०७९ भदौ १९ गते काठमाडौँमा कार्यक्रम आयोजना हुने जानकारी दिनुभयो ।

ग्रेस इन्टरनेशनले हाल नेपालका नौ स्थान काठमाडौँको बानेश्वर र पुतलीसडक, काठमाडौँ बाहिर गण्डकी प्रदेशको पोखरा, प्रदेश नं १ को विराटनगर, दमक र बिर्तामोड, बागमती प्रदेशको हेटौँडा, चितवनको नारायणगढ र पर्सा  र लुम्बिनी प्रदेशको बुटवलशाखामार्फत् सेवा दिँदै आएको छ । नेपालबाहिर भारत, पाकिस्तान, केन्या र अष्ट्रेलियाका सात वटा राज्यमा ग्रेस इन्टरनेसनलको शाखा सञ्चालनमा रहेको छ । शिक्षण संस्था र विद्यार्थीको सहजता र सम्पर्क विस्तारका लागि यसले समय समयमा शैक्षिक मेला र अन्य गतिविधि पनि गर्दै आएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।