शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन महासंघको माग

अर्थबिट २०७९-०५-११ १४:१५:०० बजे

काठमाण्डौ।नेपाल सुनचाँदी ब्यवसायी महासंघले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ । 

महासंघका  प्रवक्ता मनोज कुमार साहको जनकपुरधाम ६ स्थित घरमा गत भदौ ६ गते सोमबार बिहान करिब ४ः३० बजे अज्ञात सशस्त्र समुह प्रवेश गरी डकैती गरेको थियो । महासंघको एक विज्ञप्ति जारी गर्दै सो घटना प्रति गम्भीर ध्यानाकषर्ण भएको जनाएको हो । 

‘आफ्नो पेशा व्यसायमा संलग्न व्यक्तिको घरमा यसरी डकैती हुनु अत्यन्त दुःखद् घटना हो । यस्ता सांघातिक घटना यस अघि पनि मुलुकका विभिन्न सुनचाँदी व्यवसायीहरु माथि बारम्बार हुँदै आएका छन् । यस्ता घटनाले आम सुनचाँदी व्यवसायीहरुको आत्मबल समेत कमजोर बनाएको छ,’ महासंघका कार्यवाहक महासचिव किरणभाई वज्राचार्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ । 

मुलुकमा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था मिलाउनु र दोषीलाई अबिलम्ब प्रकाउ गरी सशक्त कारवाही गर्न महासंघले नेपाल सरकारसँग जोरदार माग समेत गरेको छ । लुटेराहरुले डकैती गरिरहेका बेला प्रतिकार गर्न जाने क्रममा लडेर प्रवक्ता साहका बुबाको कम्मरको हड्डी समेत भाँचिएकोले हाल वहाँको ललितपुर स्थित बि एण्ड बि अस्पतालमा उपचार भईरहेको छ । घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र व्यवसायीहरुलाई शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन महासंघले सरकारसँग जोरदार माग गरेको छ ।

 

 

 

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।