‘पन्ध्र लाख श्रीलङ्कालीलाई खाद्य सहयोग आवश्यक छ’

RSS २०७९-०५-१७ १३:१४:०० बजे

काठमाण्डौ।राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले चरम खाद्यान्न अभाव झेलिरहेका १५ लाख श्रीलङ्कालीलाई तत्काल खाद्य सहयोग आवश्यक  भएको बताएको छ ।

अकल्पनीय आर्थिक सङ्कट सामना गरिरहेको टापु मुलुकका हरेक १० जनामा तीन जना खाद्य असुरक्षाको मारमा परेको भन्दै उक्त संस्थाले गर्भवती र स्तनपान गराउने आमाहरू सबैभन्दा बढी प्रभावित भएका बताएको छ । डब्ल्युएफपीले आज एक विज्ञप्ति निकालेर करिब ६३ लाख सर्वसाधारणलाई खाद्यान्न सहयोग गर्नुपर्ने परिस्थिति उत्पन्न भएको पनि बताएको छ । 

डब्ल्युएफपीले  देशका बालबालिकालाई विद्यालय भोजन कार्यक्रममा समावेश गर्ने योजना बनाइएको पनि जनाएको छ । औषधि, इन्धनलगायत अत्यावश्यक वस्तुको अभावले पिरोलिएका श्रीलङ्कालीलाई विदेशी मुद्रा सञ्चितिमा भएको कमीका कारण सरकारले खाद्यवस्तु आयातमा प्रतिबन्ध लगाएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।