श्रीलङ्काका पूर्व अर्थमन्त्रीलाई विदेश भ्रमणको अनुमति

RSS २०७९-०५-१८ १७:०१:०० बजे

काठमाण्डौ।श्रीलङ्काका पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई सर्वोच्च अदालतले सन् २०२३ को जनवरी १५ सम्मका लागि विदेश भ्रमणका लागि अनुमति दिएको छ ।

राजापाक्षका वकिलले राजापाक्षलाई उपचारका लागि संयुक्त राज्य अमेरिका जान अनुमति दिन अपिल गरेपछि सर्वोच्च अदालतले राजापाक्षलाई अर्को वर्षको जनवरीसम्म विदेश यात्राका लागि अनुमति दिएको हो ।

यस पहिले, सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई सेप्टेम्बर ५ सम्म देश छाड्न नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

वर्तमान सरकारले जारी आर्थिक सङ्कटका लागि जिम्मेवार सबै व्यक्तिहरूविरुद्ध अनुसन्धान सुरु गर्न आदेश दिन माग गर्दै दुई वटा मौलिक हकका लागि निवेदन दायर भएपछि यो आदेश दिइएको हो ।

विदेशी मुद्राको अभावका कारण इन्धन, औषधि र खाद्य वस्तुजस्ता अत्यावश्यक सामग्रीको अपर्याप्त आपूर्तिका कारण श्रीलङ्काले अहिले सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।