श्रीलङ्काको अन्तरिम बजेट पारित

RSS २०७९-०५-१८ १७:०३:०० बजे

काठमाण्डौ।श्रीलङ्काको संसद्ले शुक्रबार अन्तरिम बजेट पारित गरेको छ ।

बजेटको पक्षमा १२० मत र विपक्षमा पाँच मत परेका छन् । बजेट छलफलको क्रममा ४३ सदस्यले अनुपस्थित रहेका थिए ।

मतदानमा अनुपस्थित हुने सांसदहरूमा प्रमुख विपक्षी दल सामगी जना बलवेगया र सत्तारुढ दल श्रीलङ्का पोदुजाना पेरामुना (एसएलपीपी) बाट अलग्गिएका सांसदहरूको एक समूह रहेको छ ।

राष्ट्रपति रनिल विक्रमासिङ्घेले अगष्ट ३० मा संसदमा अन्तरिम बजेट प्रस्तुत गर्नुभएको थियो । 

जुलाईमा विक्रमासिङ्घेले अर्थव्यवस्थालाई स्थिर बनाउने र सामाजिक सुरक्षाको दायरा बढाउने नीतिहरू कार्यान्वयन गर्नका लागि अगस्टमा अन्तरिम बजेट प्रस्तुत गरिने प्रतिवद्धता राष्ट्रपति निर्वाचित भए लगत्तै गर्नुभएको थियो ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।