जर्मनीको निर्यातमा ह्रास, आर्थिक मन्दीको डर

RSS २०७९-०५-१९ १५:२०:०० बजे

काठमाण्डौ।जर्मनीको निर्यात चार महिनामा पहिलो पटक जुलाईमा घटेको शुक्रबार प्रकाशित सरकारी तथ्याङ्कले देखाएको छ । 

सङ्घीय तथ्याङ्क एजेन्सी (डेस्टाटिस)को मौसमी समायोजित तथ्याङ्कअनुसार जर्मनीले अगष्टमा देशले एक सय ३१ दशमलव तीन अर्ब युरो अर्थात् एक सय ३१ दशमलव चार अर्ब अमेरिकी डलर बराबरको सामान निर्यात गरेको छ, जुन जूनको तुलनामा दुई दशमलव एक प्रतिशत कम हो । 

यो सूचक गत वर्षको जुलाईको तुलनामा १४ दशमलव तीन प्रतिशतले बढी हो भने जर्मनीको व्यापार सन्तुलन पाँच दशमलव चार अर्ब युरोमा सकारात्मक रहेको छ । 

मुद्रास्फीति बढ्दै जाँदा र युक्रेनमा रूसको आक्रमणको असरले लामो छायाँ पार्दा मुलुकको निर्यातमा आधारित अर्थतन्त्रको दृष्टिकोणप्रति व्यवसायहरू निराशावादी बन्दै गएका छन् । 

जर्मनीको इफो इन्स्टिच्युटले हालै देश ‘मन्दीको सङ्घारमा’ पर्नसक्ने चेतावनी दिएको थियो ।

“विश्वव्यापी आपूर्ति शृङ्खलामा चाप, भूराजनीतिक जोखिम र बढ्दो उत्पादन लागत यस नयाँ प्रवृत्तिको पछाडिका स्पष्ट संवाहकहरू हुन्,” आईएनजी बैंकका म्याक्रो कास्र्टेन ब्रेजेस्कीले भन्नुभयो । 

युक्रेनमा आक्रमण गरेदेखि नै प्रतिबन्धको चपेटामा परेको रुसमा जर्मनीको निर्यात जुलाईमा १५ दशमलव एक प्रतिशतले घटेर एक दशमलव शून्य अर्ब युरोमा झरेको छ । यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५५ दशमलव एक प्रतिशतले कम हो । 

जर्मनीको सबैभन्दा ठूलो निर्यात गन्तव्य संयुक्त राज्य अमेरिकाको निर्यात १३ दशमलव सात प्रतिशतले घटेर १२ दशमलव तीन अर्ब युरोमा झरेको छ भने चीन र बेलायततर्फको निर्यातमा पनि गिरावट आएको छ ।

जर्मनीको अर्थतन्त्र अप्रिल र जुनको बीचमा स्थिर रहेको र शून्य प्रतिशतको वृद्धि दर हासिल गरेको यहाँको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।