अगष्टमा अमेरिकामा बेरोजगारी दरमा वृद्धि

RSS २०७९-०५-१९ १५:२३:०० बजे

काठमाण्डौ।अमेरिकामा अगष्टमा रोजगारी वृद्धिको गति सुस्त भएको शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा जनाइएकोे छ । अघिल्लो महिनामा रोजगारी दरमा आश्चर्यजनक वृद्धिपछि बेरोजगारी दरमा महामारी पूर्वको स्तरभन्दा माथि पुगेको थियो । 

गत महिना अमेरिकी रोजगारदाता कम्पनी तथा फर्महरूले तीन लाख १५ हजार व्यक्तिलाई रोजगारीका अवसर उपलब्ध गराएको अमेरिकी श्रम मन्त्रालयले जनाएको छ । गत जुलाईमा यो सङ्ख्या पाँच लाख २६ हजार पुगेको थियो । जुलाईमा भएको रोजगार दरको वृद्धिसँगै अगष्टमा यो सङ्ख्या घट्ने अर्थशास्त्रीहरूले प्रक्षेपण गरेका थिए ।

बेरोजगारहरूको सङ्ख्या महामारी पूर्वको अवस्थामा पुगेपछि रोजगारीका अवसरहरूको खोजी नै कम हुनुलाई मन्त्रालयले स्वभाविक भनेको छ । तर अघिल्लो महिना तीन दशमलव पाँच प्रतिशतमा झरेको बेरोजगारी दर अगष्टमा बढेर तीन दशमलव सात प्रतिशतमा पुगेकोे थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।