भारतमा बेरोजगारी समस्या बढेको छ : राहुल गान्धी

RSS २०७९-०५-२० १५:०५:०० बजे

काठमाण्डौ।काँग्रेस नेता राहुल गान्धीले आइतबार नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारको कडा आलोचना गर्दै देशमा बेरोजगारीको समस्या बढ्दो अवस्थामा रहेको दावी गर्नुभएको छ । 

उहाँले भारतीय जनता पार्टी (भाजपा) र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले देशलाई विभाजित गरिरहेको आरोप लगाउनुभएको छ । भविष्य, महँगी र बेरोजगारीका कारण हरेक भारतीयको मनमा डरको भावना व्याप्त भएको र यसले उनीहरूलाई घृणातर्फ मोडिइरहेको पनि उहाँले दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, “देशमा मुद्रास्फीति र बेरोजगारीको डर बढिरहेको छ र यसैका कारण भारतबासीमा सरकार र प्रशासनप्रति घृणा बढिरहेको छ ।”

सम्बोधनका क्रममा उहाँले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी सरकारबाट के गरिब, किसान वा साना व्यापारीले कुनै लाभ पाइरहेका छन् भनी प्रश्न गर्नुभयो । 

उहाँले सभामा सहभागी दर्शकहरूतर्फ सङ्केत गर्दै भन्नुभयो, “एक किसिमले तपाईं बेरोजगारीबाट प्रभावित हुनुभएको छ यो भाजपा र वर्तमान प्रधानमन्त्रीको कारण भएको हो ।”

उहाँले भन्नुभयो, “त्यसैगरी भारतीयहरू मूल्यवृद्धिको मारमा परेका छन् । नरेन्द्र मोदीले सत्तरी वर्षमा काँग्रेसले के ग¥यो भनेर प्रश्न गर्नुभएको छ । सत्तरी वर्षमा काँग्रेसले देशमा यस्तो मूल्य वृद्धिको आउन दिएको थिएन ।” 

उहाँले थप्नुभयो, “विपक्षीहरूले यो मुद्दा संसदमा उठाउन खोज्दा सरकारले यसलाई अनुमति नदिएको दावी उहाँको थियो । किसानको मुद्दा होस् वा चीनसँगको सरकार यसमा उदाशीन छ ।” 

सबै विपक्षी दल एकजुट भएर भाजपा र आरएसएसलाई परास्त गर्ने दिन आएको उहाँले बताउनुभयो । 

“हामी चीनको आक्रमण, बेरोजगारी, महँगीबारे कुरा गर्न चाहन्छौं, तर भाजपाले हाम्रो पार्टीलाई रोकेको छ । मिडिया होस्, न्यायपालिका होस् वा निर्वाचन आयोग, सबै संस्थाहरू दबाबमा छन् । त्यसैले मानिसहरू कहाँ जाने एक मात्र बाटो बाँकी छ । यही कारण काँग्रेस भारत जोडौ यात्रा शुरू गर्दैछ । 

“यो विचारधाराको लडाइँ हो र भाजपा र आरएसएसलाई हराउन सबै विपक्षी दल एक साथ आउनेछन्,” राहुल गान्धीले भारतको राजधानी दिल्लीको रामलीला मैदानमा आयोजित विशाल ¥यालीलाई सम्बोधन गर्दै भन्नुभयो । 

देशमा महँगी, बेरोजगारी र वस्तु तथा सेवा करवृद्धिको विरोधमा काँग्रेसले आइतबार काँग्रेसले ‘मेहङ्गाई पर हल्ला बोल’ नामक विशाल ¥्याली निकालेको हो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।