श्रीलङ्काद्वारा बाढी प्रभावित पाकिस्तानलाई चिया सहयोग

RSS २०७९-०५-२३ १५:२९:०० बजे

काठमाण्डौ।श्रीलङ्का सरकारले पाकिस्तानलाई चिया सहयोग गर्नेभएको छ ।

हालैका हप्ताहरूमा आएको विनाशकारी बाढीपछि पाकिस्तानका बाढीपीडितहरूलाई एक जहाज सिलोन चिया सहयोगस्वरूप प्रदान गरेको श्रीलङ्काको सरकारी सूचना विभागले बुधबार जनाएको छ ।

विदेशमन्त्री अली साबरीले श्रीलङ्काका लागि पाकिस्तानी उच्चायुक्त उमर फारुक बुर्कीलाई चिया हस्तान्तरण गर्दै बाढी पीडितप्रति सहानुभूति र पाकिस्तानप्रति ऐक्यबद्धता व्यक्त गर्नुभएको थियो । 

यसै साताको सुरुमा श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिङ्घेले आफ्नो देशले पाकिस्तानलाई कुनै न कुनै रूपमा सहयोग गर्न इच्छुक रहेको बताउनुभएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।