सरकारद्वारा तलब भत्ता बृद्धि

RSS २०७९-०५-२४ १४:४०:०० बजे

काठमाण्डौ।अल्बानियामा नागरिकलाई आर्थिक सङ्कटबाट राहत होस भन्ने उद्देश्यले तलब भत्तामा वृद्धि गरिएको छ ।

प्रधानमन्त्री इडि रामाले बिहीबार विषेश प्याकेज घोषणा गर्दै आम नागरिकलाई राहत दिने उल्लेख गर्नु भएको हो ।  

विषेश गरेर पछिल्लो समयमा देखिएको मूल्य वृद्धि र उर्जा सङ्कटलाई मध्यनजर गर्दै राहतका कार्यक्रमहरू ल्याइएको उहाँको भनाई छ । 

अहिले घोषणा गरिएको राहतका प्याकेजहरू अन्तरिमकालका लागि मात्रै भएको पनि उहाँले स्पष्ट पार्नु भएको छ । 

“आम नागरिकमा आर्थिक सङ्कट धेरै देखिएकाले तत्कालका लागि राहत होस भन्ने उद्देश्यले अन्तरिम राहतको प्याकेज घोषणा गरिएको हो,” उहाँले भन्नु भएको छ । 

पेन्सन प्रयोग गर्दै आएका जेष्ठ नागरिकहरूलाई भने ९.५ प्रतिशतले वृद्धि गरिएको पनि उहाँले जानकारी दिनुभयो  ।

अल्बानियामा अहिले छ लाख ७४ हजारभन्दा बढी पेन्सन सेवा पाउने नागरिक रहेका छन् । यस निर्णयबाट उनीहरु र उनीहरूमा आश्रित सदस्यहरू लाभान्वित हुने भएका छन् । 

सरकारले एकल महिला, उनीहरूका पारिवारिक सदस्य र अपाङ्गता भएकाहरूका लागि पनि राहत प्याकेज ल्याएको छ । 

सार्वजनिक सेवामा काम गर्दै आएका कर्मचारीहरूको सेवा सुविधामा भने सात प्रतिशत मात्रै वृद्धि गरिएको उहाँले जानकारी दिनुभयो । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।