दुई लाखभन्दा बढी श्रीलङ्कालीहरू वैदेशिक रोजगारीमा

RSS २०७९-०५-२७ १३:३१:०० बजे

काठमाण्डौ। सन् २०२२क शुरुदेखि हालसम्म २ लाखभन्दा बढी श्रीलङ्कालीहरू वैदेशिक रोजगारीमा गएको बताइएको छ ।  श्रीलङ्काका श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले सो आँकडा सार्वजनिक गरेका हुन् ।

श्रीलङ्का वैदेशिक रोजगार ब्युरोमा दर्ता भएका व्यक्तिहरूको सङ्ख्या यो भए पनि कतिपय दर्ता नभइकन विदेशिएका हुन सक्ने उनको अनुमान छ।

श्रीलङ्कामा वैदेशिक रोजगारीबाट पठाइएको रेमिट्यान्स अगस्टमा ३२ करोड ५० लाख अमेरिकी डलर पुगेको मन्त्रीले  जानकारी दिएका छन् । जुलाईको तुलनामा यो रकम १६.४ प्रतिशतले बढेको हो ।

यस वर्षको अन्त्यसम्ममा करिब  तीन लाख ३३ हजार जनाले वैदेशिक रोजगारीका लागि श्रीलङ्का छोड्ने अनुमान गरिएको छ ।

मुलुकमा विदेशी मुद्राको अभाव भइरहेका बेला बैंकिङ प्रणालीमार्फत पैसा पठाउने श्रमिकप्रति मन्त्रीले कृतज्ञता समेत व्यक्त गरेका छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।