रुसले कब्जा गरेका २० बस्ती युक्रेनले फिर्ता गरेको दाबी

RSS २०७९-०५-२७ १०:५३:०० बजे

काठमाण्डौ।रुसले कब्जा गरेका २० बस्ती फिर्ता गरिएको युक्रेनले दावी गरेको छ ।

रुसले कब्जा गरेका बस्तीहरू फिर्ता गर्ने आक्रामक रणनीति अन्तर्गत ती २० बस्ती फिर्ता गरिएको उनीहरूले बताएका छन् ।

“पछिल्लो २४ घण्टामा हाम्रा सुरक्षाकर्मीहरूले हाम्रा सत्रुद्धारा कब्जा गरिएका २० बस्तीहरू फिर्ता गराएका छन्, उनीहरू अहिले हाम्रो पूर्ण नियन्त्रणमा रहेका छन्,” युक्रेनी सेनाका एक अधिकारीले भने । 

युक्रेनका सेनाले ती बस्तीहरू फिर्ता गराएपछि त्यहाँ रहेका रुसी सुरक्षाकर्मीहरू विस्थापित भएका छन् । 

देशको दक्षिणी र पूर्वी क्षेत्रमा पछिल्लो हप्ता युक्रेनले रुसी सुरक्षाकर्मी विरुद्ध सफलता हासिल गरिरहेको युक्रेनी सेनाको दावी छ । 

उनीहरूले इज्युम, कुपियन्स्क, बालाक्लीया लगायतका ठाउँहरू यसअघि नै फिर्ता गराइसकिएको युक्रेनको भनाई छ । 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जोलेनेस्कीले पनि दैनिक सम्बोधनका क्रममा आइतबार खार्किभ र डोनेत्स्क क्षेत्र पुरै, जापोरिझझीया, डिनिप्रोपेट्रोभ्स्क र सुमीको केही क्षेत्र फिर्ता लिइएको बताउनु भएको छ । 

फिर्ता गराइएका अधिकांश ठाउँमा अहिले विद्युत सेवा पनि सूचारु भइसकेको समेत उहाँले जानकारी दिनु भएको छ । 

युक्रेनले रुसद्धारा कब्जा गरिएका धेरै ठाउँ फिर्ता गराउने अभियानलाई तिव्रता दिइएको र सफलता पनि प्राप्त भइरहेको जनाएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।