छ महिनामा दुई हजार भन्दा बढी बाल दुर्व्यवहारका मुद्दा दर्ता

RSS २०७९-०५-२८ १२:५२:०० बजे

काठमाण्डौ।पाकिस्तानमा गत छ महिनामा  दुई हजारभन्दा बढी बाल दुर्व्यवहारका घटनाहरू दर्ता भएका छन्   । यो आँकडाले देशमा बढ्दो बालअधिकार उल्लङ्घन र बालदुर्व्यबहारको गम्भीर अवस्थालाई उजागर गरेको छ।

एक गैर-सरकारी संस्थाको  प्रतिवेदन उद्धृत गर्दै पाकिस्तानी अखबार द न्युज इन्टरनेशनलले  सार्वजनिक गरेको तथ्याङ्कले गत छ महिनामा केटा र केटी दुवैसँग लगभग  दुई हजार २२१ बाल दुर्व्यवहारका घटनाहरू दर्ता भएका छन्। बालबालिकामाथि हुने यौन दुर्व्यवहारको तथ्याङ्क विभिन्न ७९ पत्रपत्रिकाबाट सङ्कलन गरिएको थियो । द न्युज इन्टरनेशनलले  जनाएअनुसार अधिकांश घटनाहरूलाई बलात्कार, यौन दुर्व्यवहार र अपहरणको रूपमा वर्गीकृत गर्न सकिने खालका छन् ।

न्युज इन्टरनेशनलले लैङ्गिक विभाजनको विश्लेषणलाई उद्धृत गर्दै  केटीहरूमा बाल यौन दुर्व्यवहारका घटनाहरू  केटाहरूको तुलनामा बढी पाइएको छ।

प्रकाशनले सङ्कलन गरेको तथ्याङ्कअनुसार दुर्व्यवहार भोग्न वाध्य कुल २ हजार २ सय ११ बालबालिकामध्ये १ हजार ४ जना केटा र १ हजार २०७ केटी रहेका छन् ।

प्रतिवेदनमा झण्डै ८०३ बालबालिका अपहरण भएको र तीमध्ये २९८ केटा र २४३ केटीहरू  रहेका थिए । ती मध्ये  प्रायः कि त बलात्कृत वा यौन दुर्व्यवहारबाट पीडित भएको  र १२८ बालबालिकाको सामूहिक बलात्खरत र अप्राकृतिक मैथुनको शिकार भएको बताइएको छ । 

घटनाहरु मध्ये पञ्जाबमा सबैभन्दा धेरै १,५६४, सिन्धमा र ३३८ इस्लामाबादमा   दर्ता भएका छन् ।  सो प्रतिवेदनमा झण्डै ५२ प्रतिशत घटनाहरू शहरी क्षेत्रबाट र ४८ प्रतिशत ग्रामीण क्षेत्रबाट रिपोर्ट गरिएको थियो। 

ह्युमन राइट्स वाचले आफ्नो वार्षिक विश्व प्रतिवेदन २०२२ मा पाकिस्तानमा बालबालिकासहित महिलाविरुद्ध व्यापक अधिकार हननका घटनाहरुको उल्लेख गरेको  छ   जसले विश्व महिला, शान्ति र सुरक्षा सूचकाङ्कमा १७० देशहरूमध्ये १६७ औँ स्थानमा  रहेको देखाएको छ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।