आसियानका अर्थमन्त्रीहरुको बैठक कम्बोडियामा सुरु

RSS २०७९-०५-२९ १८:४०:०० बजे

काठमाण्डौ।दक्षिण पूर्वी एसियाली देशहरुको सङ्गठन (आसियान) का अर्थमन्त्रीहरुको बैठक कम्बोडियामा सुरु भएको छ । कोरोना भाइरसको महामारीपछिको अर्थतन्त्रका बारेमा छलफल गर्न अर्थमन्त्रीहरुको बैठक आयोजना गरिएको हो । 

बुधबारबाट सुरु भएको आसियानका अर्थमन्त्रीहरुको बैठक ५४ औँ बैठक हो । बैठकमा अर्थतन्त्रका अन्य विविध आयामहरुका बारेमा पनि छलफल हुने जनाइएको छ ।

बैठकको उद्घाटन समारोहमा बैठक आयोजक कम्बोडियाका प्रधानमन्त्री सामडेच टेचो हुन सेनले सम्बोधन गर्नुभएको थियो । विश्व समूदायले अहिले विकास र अर्थतन्त्रका क्षेत्रमा नयाँ चुनौती र समस्याहरुको सामना गरिरहनु परेको उहाँले सो अवसरमा वताउनु भएको थियो । 

आसियानमा आवद्ध देशहरुले नयाँ चुनौती र समस्याहरुलाई समाधानका उपायहरु पहिचान गरी अन्य देशहरुलाई त्यसतर्फ डो¥याउनुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।त्यसैगरी कानुनको शासन, विश्वव्यापीकरण, वहुदेशीय सहकार्य, बहुदेशीय संरचना निर्माण तथा संचालन, व्यापार तथा लगानी, संरक्षणवादलगायतका विषयमा पनि छलफल गर्न उहाँले सुझाव दिनु भएको थियो ।  

सम्मेलनको अध्यक्षता गर्नु भएका कम्बोडियाका अर्थमन्त्री पान सोरासाकले दिगो, समावेसी र उदारवादी अर्थतन्त्रको विकासका लागि काम गर्नुपर्नेमा जोड दिनु भएको थियो ।आसियानअन्तर्गत ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतानम पर्दछन् ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।