प्रधानमन्त्रीको कार्यकाल सेप्टेम्बर ३० सम्म मात्रै

RSS २०७९-०५-२९ ०९:२७:०० बजे

काठमाण्डौ।थाइल्याण्डका प्रधानमन्त्री प्रयुत ओ चानको कार्यकाल सेप्टेम्बर ३० सम्म मात्रै रहने फैसला भएको छ । थाइल्याण्डको संवैधानिक अदालतले उहाँको कार्यकाल सेप्टेम्बर ३० मा सकिने फैसला बुधबार गरेको हो । सोही अदालतले उहाँलाई यसअघि निलम्बन गर्ने फैसला गरेको थियो । निलम्बन गर्ने फैसला गर्दा नौ न्यायाधीशमध्ये पाँच न्यायाधीश निलम्बनको पक्षमा थिए ।

उहाँको कार्यकालका बारेमा विपक्षी दलहरुले मुद्दा दिएपछि प्रधानमन्त्रीको कार्यकालका बारेमा विवाद रहेको थियो । थाइल्याण्डमा सन् २०१४ मा सैन्य कु भएदेखि उहाँ प्रधानमन्त्री हुनुहुन्छ ।  

उहाँले संविधान संशोधन गरेर सरकार र संसदमा सैन्य सहभागीता बढाएर आफू बलियो भएर सत्ता टिकाउनु भएको हो । संसदमा सैन्य सहभागीताको व्यवस्था गरेर सन् २०१९ मा निर्वाचन गराएर बहुमत पु¥याउनु भएको थियो । 

विपक्षीहरुले उहाँको कार्यकाल सन् २०१४ को अगस्टदेखि नै गणना गर्नुपर्ने दाबी गरेका थिए, भने प्रधानमन्त्री प्रयुत र सत्तारुढ दलले सन् २०१९ मा भएको आम निर्वाचनपछि मात्रै उहाँको कार्यकाल गणना हुने तर्क गरेका थिए । 

कु गरेर निर्वाचन अगाडिसम्मको कार्यकाललाई अन्तरिम कार्यकाल मान्नु पर्ने प्रधानमन्त्री पक्षधरको दाबी थियो । तर अदालतले भने उनीहरुको दाबी विपरित फैसला गरिदिएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।