आर्मी कलेजमा गोली चल्दा दुईको मृत्यु

RSS २०७९-०५-२९ ०९:२९:०० बजे

काठमाण्डौ।बैंककमा अवस्थित ‘रोयल थाई आर्मी वार कलेज’मा  बुधबार भएको गोलीकाण्डमा परी दुई जनाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएको थाई सेनाका प्रवक्ताले बताउनु भएको छ ।

सो गोलीकाण्डमा ५९ वर्षीय बन्दुकधारीले स्थानीय समयानुसार बिहान ८ः५५ बजे आफ्ना सहकर्मीहरूलाई गोली हानेका थिए । 

घटनापछि उनलाई नियन्त्रणमा लिइएको र गोली चलाउनुको कारण अझै स्पष्ट नभएको सेनाका उपप्रवक्ता सिरिचन नगाथोङले बताउनु भएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।