पुटिन गुटरेसबीच खाद्यान्न निकासीसम्बन्धी फोनवार्ता

RSS २०७९-०५-३० १८:२४:०० बजे

काठमाण्डौ।संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेस र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको छ । सो वार्तामा खासगरी खाद्यान्नको निकासीका विषयमा कुराकानी भएको क्रेमलिनले जनाएको छ ।

ब्ल्याक सि बन्दरगाहको बाटो भएर युक्रेनी खाद्यान्न निकासी गर्ने विषयमा उहाँहरुका बीचमा कुराकानी भएको बताइएको छ ।त्यसैगरी रसियाली खाद्यान्न तथा रासायनिक मलको निकासीका विषयमा पनि सो फोनमा कुराकानी भएको बताइएको छ ।

त्यस अवसरमा महासचिव गुटरेस र रुसी राष्ट्रपति पुटिनकाबीचका रुस युक्रेन पछिल्लो अवस्थाका बारेमा पनि कुराकानी भएको बताइएको छ ।त्यस अवसरमा रुसी राष्ट्रपति पुटिनले रुसी कृषि उपजका साथै रुसी विकासी मल र खाद्यान्न आदिको विदेशी बजारमा आपूर्तिका लागि सहज वातावरण निर्माण गरिदिन आग्रह गर्नुभएको थियो ।

यसका लागि आफूले सक्दो प्रयास गर्ने र रुसी खाद्यान्न तथा रासायनिक मल विश्व बजारमा निर्यातका लागि आफूले सहजीकरण गर्ने महासचिव गुटरेसले बताउनुभएको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।