लकडाउन अन्त्यपछि युवाको मानसिक स्वास्थ्यमा सुधार

RSS २०७९-०५-३१ १५:०२:०० बजे

काठमाण्डौ।कोभिड–१९ का कारण लागू गरिएको लकडाउन अन्त्य भएपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्य र साधारण स्वास्थ्यमा सुधार आएको एक राष्ट्रिय सर्वेक्षणले देखाएको छ ।

अस्ट्रेलियाली विश्वविदालयका अनुसन्धाताहरूले बिहीबार तीन हजार ५०० भन्दा बढी अष्ट्रेलियालीमा गरिएको कोभिड–१९ प्रभाव अनुगमन सर्भेक्षणमा सन् २०२१ को तुलनामा मनोवैज्ञानिक त्रासको स्तर कम देखिएको बताएका छन् ।

अध्ययनमा सहभागिता गराइएका १८ देखि २४ वर्ष उमेर समूहका दुई तिहाइभन्दा बढी उत्तरदाताले महामारीका कारण सबैभन्दा बढी सन्तुष्टि गुमाएका उनीहरूले १२ महिनाअघिको तुलनामा आफ्नो जीवन राम्रो भएको बताएका थिए ।

अध्ययनका सहलेखक निकोलस बिडलले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “यसको अर्थ यो होइन कि अस्ट्रेलिया महामारीपूर्वको स्वास्थ्य र मानसिक स्वास्थ्यमा फर्किएको छ । 

अक्टोबर २०१९ को तुलनामा सन् २०२२ को अगष्टमा जीवन सन्तुष्टि कम थियो ।   दुई करोड ५० लाख रहेको अस्ट्रेलियामा महामारी सुरु भएयता अहिलेसम्म पुष्टि भएका कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक करोड नाघेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।