आठ महिनामा भ्रष्टाचारसम्वन्धी एक लाख बीस हजार मुद्दा

RSS २०७९-०५-३१ १५:१३:०० बजे

काठमाण्डौ।भियतनाममा गत आठ महिनामा मात्रै भ्रष्टाचारसम्बन्धी एक लाख २० हजारभन्दा बढी मुद्दा परेका छन् ।

भियतनामको संसदमा बिहीबार पेश गरिएको विवरणमा सन् २०२२ को अहिलेसम्ममा भ्रष्टाचारसम्बन्धी एक लाख २० हजार भन्दा बढी मुद्दा परेको उल्लेख गरिएको छ ।

सरकारले भ्रष्टाचारविरुद्ध आक्रमक रूपमा अभियान चलाईरहेकाले भ्रष्टाचारसम्बन्धी मुद्दा बढेको सरकारी अधिकारीहरूको भनाइ छ । 

“हामीले यस बर्ष भ्रष्टाचारविरुद्ध शसक्त अभियान चलाएका छौँ, त्यसबाट धेरै सकारात्मक नतिजा पनि आएको छ,” एक सरकारी अधिकारीले भने ।

दर्ता भएका मुद्धाको सङ्ख्या यती भए पनि भ्रष्टाचारका घटना भने यो भन्दा धेरै रहेको पनि अधिकारीहरुले अनुमान गरेका छन् । 

उनीहरुले भ्रष्टाचार विरुद्धको अभियानलाई अझ तिव्रताका साथ अगाडि बढाउने अठोट पनि व्यक्त गरेका छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।