सङ्कटग्रस्त श्रीलङ्काको अर्थतन्त्र ८.४ प्रतिशतले खुम्चियो

RSS २०७९-०५-३१ १५:१५:०० बजे

काठमाण्डौ।श्रीलङ्काको अर्थतन्त्र दोस्रो त्रैमासिकमा ८.४ प्रतिशतले खुम्चिएको सरकारी तथ्याङ्कले देखाएको छ ।

महिनौंदेखि खाद्यान्न, इन्धन र औषधिको चरम अभाव, विद्युत कटौतीको बिस्तार र अनियन्त्रित मुद्रास्फीतिले देशलाई पिरोलेको छ । यसले सबैभन्दा आवश्यक आयातलाई पनि वित्तपोषण गर्न डलरको अभाव भएको छ ।

श्रीलङ्काले आफ्नो ५१ अर्ब अमेरिकी डलरको विदेशी ऋण तिर्न नसक्दा जुलाईमा आक्रोशित प्रदर्शनकारीहरूले तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षको सरकारी आवासमा आक्रमण गरेका थिए ।

श्रीलङ्काको तथ्याङ्क विभागका अनुसार यो त्रैमासिकमा औद्योगिक उत्पादन १० प्रतिशतले घटेको छ भने कृषि क्षेत्र ८.४ प्रतिशतले खुम्चिएको छ । 

कोभिड–१९ महामारीको प्रभावका कारण सन् २०२१ मा अर्थतन्त्र कमजोर भइसकेको अवस्थामा पहिलो त्रैमासिकमा १.६ प्रतिशतले संकुचन आएको बिहीबारको तथ्याङ्कले देखाएको छ । 

श्रीलङ्काको केन्द्रीय बैंकले यस वर्ष देशको अर्थतन्त्र आठ प्रतिशतले खुम्चिने अनुमान गरेको छ, मुद्रास्फीति ६४ प्रतिशतभन्दा बढी रहेको छ र जनवरी यता डलरको तुलनामा भारतीय मूल्य झण्डै आधा घट्नेछ ।

सरकारले अत्यावश्यक आयातका लागि विदेशी मुद्रा सकिइसकेपछि अर्थतन्त्रमा अभाव उत्पन्न भएको थियो । 

महामारीले टापुको पर्यटन उद्योगलाई ठूलो धक्का पु¥यायो र विदेशमा काम गर्ने श्रीलङ्कालीहरूको विप्रेषण सुकेको थियो ।  यी दुवै प्रमुख विदेशी मुद्रा आर्जन गर्ने सशक्त माध्यम मानिन्छन् । 

राजापाक्षेको सरकारमाथि अस्थिर कर कटौती लागू गरेको आरोप लगाइएको थियो जसले सरकारी ऋण बढायो र देशको आर्थिक सङ्कटलाई बढायो । 

श्रीलङ्काको बाह्य ऋणको करिब १० प्रतिशत हिस्सा ओगट्ने चिनियाँ ऋणलाई पनि यस सङ्कटका लागि आंशिक रूपमा दोषी ठह¥याइएको छ ।

श्रीलङ्काले चिनियाँ ऋणमा निर्माण गरिएको ११ करोड ३० लाख अमेरिकी डलरको सेतो हात्ती लोटस टावर सर्वसाधारणका लागि खुला गरेकै दिन पछिल्लो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।