सहुलियत दरमा खाद्यान्न बिक्री सुरु

RSS २०७९-०६-०२ ०२:३०:०० बजे

काठमाण्डौ।दसैँ र तिहारलाई लक्षितगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले सहुलियत दरमा खाद्यान्न बिक्री सुरु गरेको छ । कम्पनीले सार्वजनिक सूचना जारी असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म सहुलियत दरमा खाद्यान्न बिक्री सुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुरा शाखाका प्रमुख मेघराज ओझाले बताउनुभएको छ । 

उहाँका अनुसार जिल्ला सदरमुकाम मार्तडी र पूर्वी उत्तरी भेगका चार पालिकाका लागि कोल्टी डिपोबाट खाद्यान्न बिक्री थालिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय बाजुराले अरुवा मोटा चामल प्रतिकिलो रु ४१ र जिरा मसिनो प्रतिकिलो रु ६१ दरले मार्तडी र कोल्टीबाट बिक्री थालिएको कम्पनी प्रमुख ओझाले जानकारी दिनुभयो ।

चाडपर्व लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रको निणर्यअनुसार चामलमा प्रतिकिलो रु सात छुट दिएको शाखा प्रमुख ओझा बताउनुहुन्छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा अहिले एक हजार दुई सय क्विन्टल र कोल्टी डिपो शाखाका लागि एक हजार तीन सय क्विन्टल चामल बिक्रीका लागि राखिएको कम्पनीले जनाएको छ ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।