क्यानडाको संसद्मा अन्तर्राष्ट्रिय गीता महोत्सव

RSS २०७९-०६-०४ १७:३४:०० बजे

काठमाण्डौ।क्यानडामा अन्तर्राष्ट्रिय गीता महोत्सव आयोजना गरिएको छ । त्यस अवरसमा क्यानडाको संसद् हाउस अफ कमन्सका सदस्य चन्द्र आर्यले नोभेम्बरलाई हिन्दू सम्पदा महिनाका रूपमा मनाउने विधेयकमा जोड दिनुभयो । 

उहाँले क्यानडाको सामाजिक एवम् आर्थिक विकासमा हिन्दू क्यानडालीले गरेको योगदान र क्यानडाली समाजमा उनीहरूले गरेको सेवालाई क्यानडा सरकारले मान्यता दिनुपर्ने बताउनुभयो । 

भारत सेवाश्रम सङ्घ क्यानडाले जारी गरेको विज्ञप्तिअनुसार क्यानडाको संसद्मा भदौ ३१ देखि असोज २ गते सम्म गीता महोत्सव आयोजना गरिएको हो । महोत्सवको समापन शोभायात्राका समापन गरिएको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।