लेबनानलाई इन्धन उपलब्ध गराउन इरान तयार

RSS २०७९-०६-०४ १३:४४:०० बजे

काठमाण्डौ।इरानी विदेशमन्त्री होसेन अमिर-अब्दुल्लाहियानले आफ्नो देश लेबनानको ऊर्जा मागलाई सम्बोधन गर्न तयार रहेको बताएका छन् । 

अमिर अब्दुल्लाहियानले न्युयोर्कमा जारि संयुक्त राष्ट्र संघको ७७ औं महासभाको अवसरमा लेबनानी समकक्षी अब्दल्लाह बो हबिबसँगको भेटमा उक्त टिप्पणी गरेका हुन् ।

भेटका क्रममा दुई पक्षबीच महत्त्वपूर्ण क्षेत्रीय तथा विश्वव्यापी मुद्दामा विचार आदानप्रदान हुनुका साथै द्विपक्षीय सम्बन्धका बारेमा पनि छलफल भएको प्रतिवेदनले जनाएको छ ।

इरानका विदेशमन्त्रीले लेबनानले सामना गरिरहेको समस्या समाधान गर्न तेल र अन्य सहायता उपलब्ध गराउन आफ्नो देशको तत्परतामा जोड दिएका छन्।

पछिल्ला महिनाहरूमा, लेबनानका लागि इरानी राजदूत मोजताबा अमानीले बारम्बार आफ्नो देश लेबनानलाई इन्धन सामग्री उपलब्ध गराउन तयार रहेको बताएका छन्।

विदेशी मुद्रा सञ्चितिको कमीबाट सृजित समस्याले गर्दा लेबनानले लामो समयदेखि ऊर्जाको अभाव कम गर्न पर्याप्त तेल आयात गर्न सकिरहेको छैन।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।