चीनमा १७३ प्रकारका खनिज पदार्थ उत्खनन

अर्थबिट २०७९-०६-०९ १३:३१:०० बजे

काठमाण्डौ।चीनमा १७३ प्रकारका खनिज पदार्थहरूको उत्खनन भइसकेको पाइएको छ । 

प्राकृतिक श्रोत मन्त्रालयले सन् २०२१ को अन्त्यसम्ममा ती खनिज पदार्थको उत्खनन गरिएको जानकारी दिएको हो । 

उत्खनन गरिएका मध्ये १३ प्रकारका खनिज पदार्थ ऊर्जासम्बन्धी खनिज पदार्थ रहेको मन्त्रालयले जनाएको छ । 

त्यसैगरी ५९ प्रकारका खनिज पदार्थ धातु सम्बन्धी, ९५ प्रकारका खनिज पदार्थ गैर धातु र छ प्रकारका खनिज पदार्थ पानी तथा ग्यास सम्बन्धी खनिज पदार्थ रहेको जनाइएको छ ।

उत्खनन गरिएका खनिज पदार्थको निस्कासन तथा प्रशोधनका लागि तिव्र रुपमा काम भइरहेको पनि अधिकारीहरूले जनाएका छन् । 

चीनले खनिज पदार्थहरूको उत्खनन, निस्कासन, प्रशोधन र बिक्री वितरणलाई उच्च प्राथमिकता दिदै आएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।