काठमाण्डौ।सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९१ हजार ८०० तोकिएको छ । गएको शुक्रबार प्रतितोला रु. ९२ हजार ८०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु.१ हजारले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९१ हजार ३०० तोकिएको छ । यसको मूल्य गएको शुक्रबार प्रतितोला रु. ९२ हजार ३०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.३० ले घटेर रु.एक हजार १७० मा आएको महासङ्घले जनाएको छ ।