बजारमा कच्चा सुनको चरम अभाव, आपूर्ति बढाउन आग्रह

अर्थबिट २०७९-०६-११ ०८:०५:०० बजे

काठमाण्डौ।नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनको आपूर्ति ब्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । 

बजारको मागको बेवास्ता गर्दै अतयन्तै न्यून मात्राामा सुनको आपूर्ति हुँदै आएकोले बजारमा चरम अभाव सिर्जना भएको भन्दै महासंघले तत्काल आपूर्ति ब्यवस्थामा सुधार गर्न आग्रह गरेको हो । 

प्रधानमन्त्री शेर बहादुर देउवाको परराष्ट्र सल्लाहकार अरुण कुमार सुवेदीसँग मंगलबार सिंहदरबारमा भेट गरी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधमिण्डलले कच्चा सुनको न्यून आपूर्तिले बजारमा परेको प्रभावका बारेमा जानकारी गराएको हो । सल्लाहकार सुवेदीले यस विषयमा सम्वन्धित निकाय मार्फत पहलकदमी अगाडि बढाइने आश्वासन दिए । 

पछिल्लो समयमा दैनिक १० केजी सुन बैधानिक तरिकावाट आपूर्ति हुँदै आएको छ । विगत बर्षहरुमा सिजनको समयमा दैनिक २५ किलो सुन आयात हुँदै आएको थियो । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।