लक्ष्यको ६५ प्रतिशत राजस्व

अर्थबिट २०७९-०६-१४ ०९:२३:०० बजे

काठमाण्डौ।विराटनगर भन्सार कार्यालयले भदौ महिनामा लक्ष्यको ६५ दशमलव २३ प्रतिशत मात्रै राजस्व सङ्कलन  गरेको छ । विराटनगर भन्सारले भदौ महिनाका लागि रु चार अर्ब ७६ करोड ८५ लाख २९ हजार राजस्व असुलीको लक्ष्य पाएकामा तीन अर्ब रु ११ करोड एक लाख ८० हजार राजस्व सङ्कलन गर्न सफल भएको हो । 

विराटनगर भन्सारले साउन महिनामा पनि लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेको थिएन । साउनमा लक्ष्यको करिब ८१ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । साउन महिनामा विराटनगर भन्सारले रु तीन अर्ब ६४ करोड ८६ लाख ४१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको थियो । कार्यालयले सो महिला रु दुई अर्ब ९५ करोड १४ लाख ७० हजार सङ्कलन गरेको थियो । 

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्रप्रसाद ढुङ्गानाले सरकारले आयातमा गरेको कडाइ र भारतीय सीमावर्ती जोगबनी बजार नजिकैको वीरगञ्ज पुल भासिएर सडक अवरुद्ध भएका कारण विराटनगर नाकाबाट हुने आयात अन्य नाकाबाट हुन थालेका कारण राजस्व सङ्कलन प्रभावित भएको बताउनुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।