न्यून आय भएका परिवारका लागि दुई हजार घर निर्माण गरिने

अर्थबिट २०७९-०६-१८ १६:४९:०० बजे

काठमाण्डौ।श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले निम्न आय भएका परिवारका लागि श्रीलङ्का सरकारले दुई हजार नयाँ आवास उपलब्ध गराउने बताउनुभएको छ ।

अक्टोबर महिनाको पहिलो सोमबार मनाइने विश्व वासस्थान दिवसका अवसरमा एक सन्देश जारी गर्दै राष्ट्रपति विक्रमासिङ्घेले श्रीलङ्काले दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक रहेको र देशले यस्तो समाज निर्माण गर्नुपर्ने बताउनु भएको छ । उहाँले मानिसहरू आफ्नै घरमा खुशीसाथ बाँच्न सकून् भन्ने सरकारको सदिक्षा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो योजनालाई वास्तविकतामा परिणत गर्न सरकारले न्यून आय भएका परिवारका लागि दुई हजार आवास निर्माण सुरु गर्नेछ । यो परियोजनाले सहरी क्षेत्रलाई मात्र नभई अर्ध–सहरी जनसङ्ख्यालाई पनि फाइदा पु¥याउनेछ ।” 

राष्ट्रपति विक्रमासिङ्घेले न्यून आय भएका परिवारलाई उनीहरूको आवश्यकताका बारेमा परामर्श गरी आवास एकाइ उपलब्ध गराउनुपर्ने बताउनुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।