डेनिस प्रधानमन्त्रीद्वारा नोभेम्बर १ का लागि आम निर्वाचनको घोषणा

अर्थबिट २०७९-०६-२० १८:०१:०० बजे

काठमाण्डौ।डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले आगामी नोभेम्बर १ का लागि आम निर्वाचनको घोषणा गर्नुभएको छ ।

‘सोसल डेमोक्र््याटिक नेताले एक पत्रकार सम्मेलनमा भन्नुभयो, “मैले आज महारानीलाई फोल्केटिङ (संसदीय) निर्वाचन गरिने जानकारी गराएको छु ।”

सन् २०१९ को जुनदेखि सत्तामा रहेका फ्रेडरिक्सनले डेनिस प्रणालीअन्तर्गत सन् २०२३ को जुनसम्ममा चुनाव घोषणा गर्नुपर्ने थियो ।

तर उहाँले अल्पमतको सरकारलाई समर्थन गर्ने एउटा सानो दलको चेतावनीको सामना गर्नुपरेको थियो र अक्टोबर ६ मा संसदको पहिलो बहस अघि नै चुनाव गराउन माग गर्नुभएको थियो ।

हालैका सर्वेक्षणहरूले सोसल डेमोक्र््याट्सको नेतृत्वमा धेरै वामपन्थी पार्टीहरूको ‘रेड ब्लक’ लाई ४७ देखि ५० प्रतिशतको बीचमा मत दिएको छ, जबकि ‘ब्लू ब्लक’ को लागि ४९ देखि ५० प्रतिशत मत छ । ब्लु ब्लकमा लिबरल पार्टी, कन्जरभेटिभ पार्टी र तीन राष्ट्रवादी दक्षिणपन्थी पार्टीहरू समावेश छन् ।

ग्रीनल्याण्ड र फारो टापुका विदेशी सांसदहरूको समर्थन बिना डेनमार्कको संसद्मा कुनै पनि समूहको बहुमत पुग्दैन ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।