धान कृषकका लागि चार करोड ३० लाख अमेरिकी डलर अनुदान विनियोजन

अर्थबिट २०७९-०६-२२ १२:५९:०० बजे

काठमाण्डौ।श्रीलङ्का सरकारले आगामी कृषि याममा धान खेती गर्ने किसानका लागि प्राङ्गारिक मल अनुदानका लागि १६ अर्ब श्रीलङ्काली रुपैयाँ (चार करोड ३५ लाख ९० हजार अमेरिकी डलर) विनियोजन गरेको छ ।

कृषिमन्त्री महिन्दा अमरवीराले शनिबार दिएको जानकारी अनुसार कृषकलाई खेती गर्न हौसला प्रदान गर्न सरकारले उक्त रकम बराबरको अनुदान बिनियोजन गरेको हो । 

किसानलाई उच्च गुणस्तरको प्राङ्गारिक मल उपलब्ध गराउन सरकारले कदम चाल्ने उहाँको भनाइ उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन् । 

दक्षिण एशियाली मुलुकमा अझै पनि नरहेको प्राङ्गारिक मलको गुणस्तरीय मापदण्ड बनाउन पनि मन्त्री पुनले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

श्रीलङ्काको कृषि विभागले सन् २०२२-२३ को मौसममा धान खेतीका लागि किसानले प्रयोग गर्ने जैविक मलको ३० प्रतिशत हिस्सा सिफारिस गरेको प्रतिवेदनमा उल्लेख छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।