श्रीलङ्कामा विवादित भई रोकिएको एरोफ्लोटको उडान पुनः सञ्चालन

अर्थबिट २०७९-०६-२५ १५:२३:०० बजे

काठमाण्डौ।रूसको राष्ट्रिय वायुसेवा कम्पनी एरोफ्लोटको विमान कोलम्बोमा रोकिएपछि अवरूद्ध बनेको सेवा चार महिनापछि प्रतिबन्ध फुकुवा भएपछि सङ्कटग्रस्त श्रीलङ्कामा सोमबार फर्किएको छ ।

युक्रेनमाथि आक्रमण गर्नुअघि रूस हिन्द महासागरको टापु राष्ट्रको आगन्तुकहरूको सबैभन्दा ठूलो स्रोत थियो । श्रीलङ्काका पर्यटन मन्त्री हरिन फर्नान्डोले देशको आतिथ्य उद्योगको लागि अति आवश्यक प्रोत्साहनको रूपमा मस्को–कोलम्बो प्रत्यक्ष उडान सेवाहरू पुनः सुरु भएपछि सेवाको लागि स्वागत गर्नुभएको छ ।

“यो राम्रो समाचार हो,” उहाँले भन्नुभयो । “मलाई आशा छ कि ‘रूसका छिमेकी देशहरूबाट’ पर्यटकहरूले पनि हप्तामा दुई पटक सेवा प्रयोग गर्नेछन् ।

कोलम्बोमा हवाई इन्धनको अभाव र माग घट्दै गएपछि धेरै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले यस वर्ष श्रीलङ्कामा हवाई सेवा कटौती गरेका छन् । 

आयरल्याण्डको एक कम्पनीसँगको व्यापारिक विवादमा एयरबस ए–३३० लाई जफत गर्न अदालतले आदेश दिएपछि एरोफ्लोटले गत जुनमा उडान रोकेको थियो । 

सरकारी हस्तक्षेपपछि विमान लाई छोडिएको थियो तर यस घटनाले रूस र श्रीलङ्का सरकारबीच कुटनीतिक विवाद निम्त्यायो ।

श्रीलङ्का अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको चपेटामा छ र आफ्नो पर्यटक राजस्व बढाउने प्रयास गरिरहेको छ किनकि टापुले आफ्नो आवश्यक आयातको लागि भुक्तानी गर्न डलर जुटाउन संघर्ष गरिरहेको छ।

देशले इन्धनको वितरणलाई आलोपालो गरी व्यवस्थापन गरिरहेको छ तर डलर कमाउने पर्यटन उद्योगलाई बचाउन पर्यटकहरू ओसारपसार गर्ने सवारी साधनहरूको लागि पेट्रोल र डिजेलको अनुमति दिइरहेको छ ।

कोलम्बोले अप्रिलमा आफ्नो ५१ अर्ब अमेरिकी डलर को विदेशी ऋण तिर्न नसकेपछि कर्जाका लागि अन्तर्राष्ट्रिय मुद्रा काृष (आईएमएफ(सँग वार्ता गरिरहेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।