इटालीमा ऊर्जा वृद्धिको सामना गरिरहेका कम्पनीहरूलाई बचाउन ५० अर्ब युरोको माग

अर्थबिट २०७९-०६-२५ १५:३०:०० बजे

काठमाण्डौ।इटालीको व्यापारिक सङ्घ कन्फिन्ड्रियाले ऊर्जाको बढ्दो मूल्यका कारण हजारौं कम्पनीहरू असफल हुन र ठूलो सङ्ख्यामा रोजगारी गुम्न नदिन ४० देखि ५० अर्ब युरोको सहायता प्याकेजका लागि सोमबार आग्रह गरेको छ ।

“उद्योग बिना, इटाली छैन । यदि हामीले हजारौं कम्पनी बन्द ग¥यौं भने लाखौंको रोजगारी गुम्नेछ,” संस्थाका प्रमुख कार्लो बोनोमीले ला स्टाम्पा दैनिकलाई दिएको अन्तर्वार्तामा भन्नुभयो । 

उहाँले भन्नुभयो, “महामारीको सुरुवातमा भन्दा अहिले म बढी चिन्तित छु । सन् २०२३ सम्ममा ४० देखि ५० अर्ब युरो (३९ देखि ४८ अर्ब अमेरिकी डलर) आवश्यक पर्ने अनुमान गरेको छु ।”

गत महिना भएको निर्वाचनमा आफ्नो पार्टीले जित हासिल गरेपछि इटालीको आगामी सरकारको नेतृत्व गर्ने तयारीमा रहेकी जियोर्जिया मेलोनीले यदि (उहाँ) ऊर्जा बिल कम गर्न युरोपेली ऐक्यबद्धतामा भरोसा गर्न नसक्ने हो भने ‘अन्य स्रोतसाधनको सहारा लिनुपर्नेछ ।’ 

इटालियाली कम्पनीहरूले सन् २०२२ मा महामारी अघिको भन्दा ११० अर्ब युरो बढी तिर्नुपर्ने अनुमान गरिएको छ, जसमध्ये ५५.६ अर्ब युरो सेप्टेम्बरदेखि डिसेम्बरसम्मको अवधिमा तिर्नुपर्नेछ ।

निवर्तमान प्रधानमन्त्री मारियो ड्राघीको सरकारले विपन्न परिवार र व्यवसायहरूलाई ऊर्जा सङ्कटको सामना गर्न मद्दत गर्न ६६ अर्ब युरो खर्च गरिसकेको छ ।

सरकारले सन् २०२३ को पहिलो त्रैमासिकसम्म पनि आर्थिक उत्पादनमा केही कमी आउने अनुमान गरिएको छ । यो मन्दी सन् २०२३ को पहिलो त्रैमासिकसम्म पनि जारी रहने सरकारी पूर्वानुमानले देशलाई मन्दीमा धकेल्ने अनुमान गरेको छ ।

यसले कर राजस्व घटाउनेछ र नयाँ सरकारको गतिविधिको लागि ठाउँ सीमित गर्नेछ ।

इटालीको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब १५० प्रतिशत ऋणलाई ध्यानमा राख्दै मेलोनीले कुनै पनि बजेट अभावबारे कुनै निर्णयमा पुग्न हिचकिचाउनु भएको छ । 

जर्मनीले २०० अर्ब युरोको ग्यास मूल्य राहत योजनालाई अन्तिम रूप दिने प्रक्रियामा छ । यसको इटाली लगायत युरोपेली साझेदारहरूले कडा आलोचना गरेका छन् । यसले उद्योगको लागि अनुचित लाभ सिर्जना गर्ने सम्भावना छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।