काठमाण्डौ।सुनचाँदी बजारमा साताको चौथो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९४ हजार तोकिएको छ ।अघिल्लो दिन प्रतितोला रु. ९५ हजार २०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु. १,२०० ले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९३ हजार ५०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९४ हजार ७०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.१५ ले घटेर रु.एक हजार २१५ मा आएको महासङ्घले जनाएको छ ।