काठमाण्डौ।सुनचाँदी बजारमा साताको चौथो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९४ हजार २०० तोकिएको छ । अघिल्लो दिन पनि प्रतितोला रु. ९४ हजार २०० मा कारोबार भएको पहेंलो धातु आज स्थिर भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९३ हजार ७०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन पनि प्रतितोला रु. ९३ हजार ७०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.१० ले घटेर रु.एक हजार १९० मा आएको महासङ्घले जनाएको छ ।