रेमिट्यान्स घट्यो

अर्थबिट २०७९-०६-२७ १६:४४:०० बजे

काठमाण्डौ।बाढी पहिरोबाट अत्यधिक प्रभावित भएको पाकिस्तानमा रेमिट्यान्स घट्न थालेको छ । 

पाकिस्तानको केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणमा गत सेप्टेम्बर महिनामा पाकिस्तानमा रेमिट्यान्स घटेको देखिएको हो ।

गत महिना १०.५ प्रतिशतको दरले रेमिट्यान्स घटेको बैंकका उच्च अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

विभिन्न देशमा रहेका पाकिस्तानका नागरिकले गत महिना दुई अर्ब ४० करोड रेमिट्यान्स पठाएकोमा अघिल्लो महिना दुई अरब ७० करोड रेमिट्यान्स आएको थियो ।

सबैभन्दा धेरै साउदी अरबबाट रेमिट्यान्स आएको देखिएको छ भने दोस्रो धेरै संयुक्त अर्ब इमिरेट्स (युएइ)बाट आएको पाइएको छ ।

त्यसैगरी बेलायत, अमेरिकालगायतका अति विकसित देशहरूबाट रेमिट्यान्स रकम पठाउनेहरूको सङ्ख्या पनि धेरै रहेको छ ।

पाकिस्तानको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो भूमिका रहेको छ । पाकिस्तानमा रेमिट्यान्सलाई विदेशी मुद्रा आयातको मुख्य श्रोतका रूपमा लिइन्छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।