युरोपमा औसतभन्दा बढी गर्मी

अर्थबिट २०७९-०६-२८ ०७:२८:०० बजे

काठमाण्डौ। युरोपमा यस वर्षको अन्त्यअघि मौसममा अत्यधिक चिसो हुने सम्भावना भए पनि समग्रमा औसतभन्दा बढी तातो हुने सम्भावना रहेको यूरोपको मौसम पूर्वानुमानकर्ताहरूले बिहीबार बताएका छन् ।

यो जाडोमा तापक्रम यहाँका बासिन्दाहरूको लागि महत्वपूर्ण हुनेछ किनकि त्यहाँरूसी निर्णयका कारण औसतभन्दा निकै कम इन्धन आपुर्ति हुनेछ । र इन्धन अभावका कारण घरहरू तताउने लागतको बारेमा चिन्तित छ ।

युरोपेली ‘सेन्टर फर मिडियम रेन्ज वेदर फोरकास्ट’ (ईसीएमडब्लुएफ) का लागि मौसमी पूर्वानुमान तयार गर्ने कोपर्निकस जलबायु परिवर्तन सेवा विभागका निर्देशक कार्लो बुओनटेम्पोले भन्नुभयो, “यस बर्ष हामीले जाडो सामान्यभन्दा बढी तातो भएको देख्नेछौं ।”

बुओनटेम्पोले भन्नुभयो, “नोभेम्बरमा यो सम्भावना बढी देखिन्थ्यो, तर अब डिसेम्बरमा चिसोको प्रकोप को स्पष्ट संभावना देखिन्छ ।”

मध्य र पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरमा तापक्रम सतहको तापक्रमसँग सम्बन्धित ‘ला नीना’ विश्वव्यापी मौसम घटनाको कारण युरोपेली जाडो सामान्य भन्दा बढी तातो हुने अपेक्षा गरिएको थियो ।

एजेन्सीले अर्को महिना आफ्नो जाडो मौसमको पूर्वानुमान अद्यावधिक गर्नेछ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।