काठमाण्डौ।सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९३ हजार १०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. ९४ हजार १०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु.१ हजारले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९२ हजार ६०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९३ हजार ६०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.२५ ले घटेर रु.एक हजार १६० मा आएको महासङ्घले जनाएको छ ।