काठमाण्डौ।सुनचाँदी बजारमा साताको दोस्रो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९३ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. ९३ हजार १०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु. २०० ले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९२ हजार ८०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९२ हजार ६०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्य रु. १ हजार १६० मा नै कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।