मलेसियामा मङ्सिर ३ गते आम निर्वाचन हुँदै

अर्थबिट २०७९-०७-०३ ०८:२१:०० बजे

काठमाण्डौ।मलेसियामा आगामी मङ्सिर ३ गते आम निर्वाचन हुने भएको छ । मलेसियाली निर्वाचन आयोगले बिहीबार उक्त जानकारी दिएको हो । 

उम्मेदवारहरूको मनोनयन यही कात्तिक २० गते हुनेछ भने आधिकारिक चुनाव प्रचारका लागि दुई हप्ताको समय दिइएको निर्वाचन आयोगका अध्यक्ष अब्दुल घानी सल्लेहले पत्रकारलाई बताएका छन् । 

कुल दुई करोड ११ लाख ७३ हजार छ सय ३८ मतदातालाई सेवा दिन तीन लाख ६३ हजार पाँच सय १५ जना निर्वाचन अधिकृत खटाइने छ । देशभर आठ हजार नौ सय ५८ मतदान केन्द्र सञ्चालन गरिने छन् । 

सन् २०२० को फेव्रुवरीमा पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदको राजीनामापछि दुई जना प्रधानमन्त्री नियुक्त भए पनि देशमा राजनीतिक अनिश्चितताको अन्त्य नभएकाले प्रधानमन्त्री इस्माइल साब्री याकोबले गत असोज २४ गते संसद् विघटन गरेर  तत्काल निर्वाचनका निम्ति मार्ग प्रशस्त गर्नुभएको थियो । 

दुई वर्षअघि मुहिद्दिन यासिन प्रधानमन्त्रीमा नियुक्त भए पनि आफ्नै गठबन्धनबाट संसद्का सदस्यहरूले समर्थन फिर्ता लिएपछि राजीनामा दिएका थिए ।  त्यसपछि इस्माइल साबरीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।