न्युयोर्कमा पनि दीपावलीको बिदा

अर्थबिट २०७९-०७-०४ १३:४८:०० बजे

काठमाण्डौ।आगामी वर्षको दीपावलीदेखि न्युयोर्क महानगरका सार्वजनिक विद्यालयमा बिदा दिइने भएको छ । न्युयोर्क महानगरका प्रमुख एरिक एडम्सले बिहीबार उक्त घोषणा गरेका हुन् । 

न्यूयोर्क विधानसभा सदस्य जेनिफर राजकुमारले दीपावलीमा बिदा दिनेसम्बन्धी कानुनी प्रस्ताव प्रस्तुत गरेका थिए । महानगरका विधायकले पनि उक्त प्रस्तावलाई अनुमोदन गरेको केवल न्युज नेटवर्कले जनाएको छ । 

प्रकाशको पर्व दीपावली मनाउने हिन्दू, बौद्ध, सिख र जैन धर्मका दुई लाखभन्दा बढी न्यूयोर्कवासीले उक्त निर्णयको स्वागत गरेका छन् । दीपावलीको बिदाले विद्यालयको पठनपाठनमा कुनै असर नपर्ने र नियमानुसार वार्षिक एक सय ८० दिन कक्षा सञ्चालन हुने बताइएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।