काठमाण्डौ।सुनचाँदी बजारमा साताको दोस्रो कारोबार दिन आज लक्ष्मी पूजाको दिन छापावाल सुनको मूल्य प्रतितोला रु. ९४ तोकिएको छ । आइतबार प्रतितोला रु. ९४ हजारमा कारोबार भएको पहेंलो धातु आज स्थिर भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९३ हजार ५०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९३ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्य रु.एक हजार २१५ नै कायम भएको महासङ्घले जनाएको छ ।