आर्थिक स्थायित्व कायम गर्ने बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनकको प्रतिबद्धता

अर्थबिट २०७९-०७-०८ १३:४६:०० बजे

काठमाण्डौ।बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनकले विगतका गल्ती सच्च्याउने र आर्थिक स्थायित्व पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

राजा चाल्र्स तृतीयलाई बकिङघम राजप्रासादमा भेटेपछि उहाँबाट सरकार गठनको आह्वान पश्चात् औपचारिक रूपमा प्रधानमन्त्री बन्नुभएका सुनकले पहिलो सार्वजनिक मन्तव्यमा ट्रस सरकारबाट विगतमा भएका गल्ती सच्च्याउने तथा राष्ट्रको आर्थिक स्थायित्व पुनः स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले त्यसनिम्ति गरिने निर्णयहरू कठिन हुने चेतावनी पनि दिनुभएको छ । 

“अहिले हाम्रो देशले गहिरो आर्थिक सङ्कटको सामना गरिरहेको छ,” प्रधानमन्त्री कार्यालय बाहिर पत्रकारहरूलाई उहाँले भन्नुभयो । प्रधानमन्त्री सुनकले लिज ट्रसले आर्थिक वृद्धि सुधार गर्न चाहनु गलत थिएन यद्यपि त्यसमा गल्ती भएका उहाँको विश्लेषण थियो । आर्थिक वृद्धि बढाउन पूर्ववर्ती सरकारबाट भएका प्रयासले अमेरिकी डलको तुलनामा आफ्नो देशको मुद्रा अवमूल्यन भएको बताउँदै अघिल्लो सरकारका त्रुटी सच्च्याउन आफू प्रधानमन्त्री निर्वाचित भएको तर्क गर्नुभयो । आर्थिक स्थायित्व नै आफ्नो सरकारको पहिलो प्राथमिकता भएको उहाँले दोहो¥याउनुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।