तीन महिनामा करिव १२ लाख राजश्व सङ्कलन

अर्थबिट २०७९-०७-०९ ०८:३२:०० बजे

काठमाण्डौ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चालू आर्थिक वर्षको हालसम्म झण्डै रु १२ लाख राजस्व सङ्कलन गरेको छ । तीन महिनाको अवधिमा एक हजार सात सय सवारी साधनलाई कारबाही गरी ११ लाख ८९ हजार राजस्व सङ्कलन गरेको हो । सो अवधिमा सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम टिपर कारबाहीमा परेका छन् । पाँच सय २३ मोटरसाइकल र दुई ४२ टिपर कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ट्र्याक्टर तीन सय २३, जीप तीन सय १० र दुई सय ८३ वटा बस कारबाहीमा परेका छन् । मोटरसाइकलबाट तीन लाख ६२ हजार, ट्र्याक्टरबाट दुई लाख ३० हजार पाँच सय, जीपबाट दुई लाख १३ हजार पाँच सय, बसबाट एक लाख ८७ र ट्रिपरबाट एक लाख ७४ हजार पाँच सय रुपैयाँ सङ्कलन भएको केसीको भनाइ छ । उहाँले चालकलाई कारबाहीभन्दा बढी सचेत गराएको हुँदा राजस्व कम सङ्कलन भएको बताउनुभयो ।

“हामीले चालकलाई कारबाहीभन्दा पनि सचेत गराउने गरेका छौँ, पटक–पटक सचेत गराउँदा पनि अटेरी गरेपछि चिट काट्ने हो, सचेत नबनाइ जरिवाना गरेको भए यसको डबल राजस्व सङ्कलन हुन्थ्यो, हामी चालकलाई जिम्मेवार बनाउनुपर्छ भनेर लाग्यौँ” उहाँले भन्नुभयो,“बागलुङको ट्राफिक व्यवस्थासमेत सुधार भएको हुँदा पछिल्लो समय कारबाहीमा कम पर्नु हुन्छ ।”

गत साउनदेखि हालसम्म जिल्लामा चार सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने पाँच जना गम्भीर र ६ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय बागलुङको तथ्याङ्कमा उल्लेख छ । यो अवधिमा एक सय तीन पटक ट्राफिक सचेतना कार्यक्रम गरेको प्रमुख केसी बताउनुहुन्छ । 

यस कार्यक्रमबाट १४ हजार छ सय ६४ नागरिक लाभाम्वित भएको उहाँको भनाइ छ ।“नागरिकलाई ट्राफिक सचेतनाका लागि हामीले विभिन्न ठाउँमा पुगेर कार्यक्रम गरेका छौँ, सडकमा, स्कुलमा, सवारी चालक अनुमति पत्र लिने स्थानमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन ग¥यौँ, यो कार्यक्रम अहिले पनि निरन्तर चलिरहेको छ,” उहाँले भन्नुभयो–“यो कार्यक्रमले जिल्लामा दुर्घटना न्यूनिकरणमा ठूलो टेवा पुगेको अभाष भएको छ, अघिल्लो वर्षका तुलनामा यस वर्ष दुर्घटना पनि कम भएका छन् ।”

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।