चिनियाँ र रुसी विदेशमन्त्रीबीच फोनवार्ता

अर्थबिट २०७९-०७-११ ०७:१५:०० बजे

काठमाण्डौ।चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभबीच फोनवार्ता भएको छ । उहाँहरुका बीचमा बिहीबार फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

हालैमात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सि चिनफिङलाई बधाई सन्देश पठाउनुभएको थियो । चिनियाँ राष्ट्रपति चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव चयन हुनुभएकामा सो बधाई सन्देश पठाउनुभएको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ नेसनल कंग्रेसबाट चिनियाँ राष्ट्रपति चिनफिङ सो पार्टीको महासचिवमा पुनः चयन हुनुभएको हो । सो वार्ताका क्रममा विदेशमन्त्री लाभरोभले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा चयन हुनुभएकामा राष्ट्रपति चिनिफिङ तथा सो पार्टीको पोलिटब्युरो सदस्यमा चयन हुनुभएकामा विदेशमन्त्री वाङलाई बधाई दिनुभएको थियो ।

त्यस क्रममा विदेशमन्त्री वाङले चीन र रुसबीचको सम्बन्धलाई थप बलियो र गाढा बनाउनेतर्फ आगामी दिनमा चीन लाग्ने बताउनुभएको थियो । फोनवार्ताका क्रममा उहाँहरुका बीचमा दुई देशबीचको आपसी हित र सम्बन्धको साझेदारीका विभिन्न विषयमा पनि कुराकानी भएको बताइएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।