एलन मस्कको नियन्त्रणमा ट्विटर

अर्थबिट २०७९-०७-१२ १६:४२:०० बजे

काठमाण्डौ।अमेरिकी अर्बपति व्यवसायी एलन मस्कले लामो कानुनी लडाइ र महिनौंको अनिश्चिततापछि सामाजिक सञ्जाल ट्विटर आफ्नोे नियन्त्रण लिएका छन् । उक्त सामाजिक सञ्जाल कम्पनीलाई उनले ४४ अर्ब अमेरिकी डलरमा खरिद गरेका हुन् ।

एलन मस्कले प्रमुख कार्यकारी अधिकृत पराग अग्रवालसहित अन्य दुई जना वरिष्ठ व्यवस्थापकलाई जिम्मेवारीबाट हटाएका छन् । गत अप्रिलमा उनले उक्त कम्पनी खरिदसम्बन्धी सम्झौता गरेका थिए । सम्झौतापछि उनी पुनः पछि हटेका थिए तर यसै महिनाको प्रारम्भमा फेरि कम्पनी किन्ने अभिरूची देखाएका थिए ।

कम्पनी र उनीबीचको कानुनी लडाइँलाई टुङ्ग्याउन डेलावेयरका न्यायाधीशले शुक्रबारसम्ममा सम्झौतालाई अन्तिम रूप दिन आदेश दिएा थिए । मस्कले कम्पनीको बोलपत्र तयार गर्नुअघि गत अप्रिलमा पराग अग्रवालसँग उनको झगडा भएको थियो । मस्कले कम्पनीलाई अब कसरी नेतृत्व गर्छन् भन्नेमा सबैको चासो बढेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।