कोरियापछि कङ्गोमा अर्को भागदौड, आठ जनाको मृत्यु

अर्थबिट २०७९-०७-१३ १३:५३:०० बजे

काठमाण्डौ।दक्षिण कोरियामा भागदौड मच्चिदा एक सय ५१ जनाको एकैचिहान भएकामा विश्व समुदाय स्तब्ध भएका बेला एउटा साङ्गीतिक कार्यक्रममा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पनि त्यस्तै प्रकृतिको घटना हुँदा आठ जनाको मृत्यु भएको छ । 

यहाँको मार्टर्स रङ्गशालामा कङ्गोका गायक फाली इपुपाको साङ्गीतिक कार्यक्रमका क्रममा भएको भागदौडमा एक प्रहरीसहित आठ जनाको मृत्यु भएको किन्सासाका प्रहरी प्रमुख जनरल सिल्भेन कासोन्गोले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार ८० हजार सिट क्षमता भएको रङ्गशाला पूर्ण खचाखच भरिएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।