काठमाण्डौ।सुनचाँदी बजारमा साताको दोस्रो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९३ हजार तोकिएको छ । अघिल्लो दिन आइतबार प्रतितोला रु. ९३ हजार कारोबार भएको पहेंलो धातु आज सोही मूल्यमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९२ हजार ५०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९२ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यमै रु.एक हजार २०० कायम भएको महासङ्घले जनाएको छ ।